Logo
१८ जेष्ठ २०८२, शनिबार
(December 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य शाहले लिए शपथ

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई शपथ खुवाएका हुन् । ६६ वर्षीय शाह नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत हुन् ।

कूल ४० सांसद रहेको कर्णाली प्रदेशमा उनी  ज्येष्ठ सांसद हुन् । उनी दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ९ख० बाट निर्वाचित भएका थिए । ज्येष्ठ सदस्य शाहले आजै कर्णाली प्रदेश सभाका ३९ जना सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् ।

प्रकाशित मिति: Dec 26, 2022

प्रतिक्रिया दिनुहोस्