Logo
३१ असार २०८२, मंगलबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापालाई चित पार्दै नयाँ राप्रपा: यसरी लुटिए कमल थापा

नयाँ पार्टी दर्ता गराउदै नेता पशुपति शमशेर राणा, तस्विर सौजन्य : कुबेर गिरि

काठमाडौं । ‘लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ सय बल्ड्याङ’ भन्ने उखान राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापामाथि हुबहु लागू भएको छ । आज कुनै सुइँकोविना पशुपति शमशेर राणाले आफ्ना समर्थकहरूको साथ लिएर ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ता गरेका छन् ।

समानुपातिक मतबाट एकैचोटि अजिङ्गर फुलेजस्तो आकार लिएका कमल थापालाई यस घटनाले ठूलो झट्का दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ सांसदमध्ये २२ सांसद् कमलको साथ छोडी राणाको नयाँ दलमा सामेल हुन पुगेका छन्, जसमा कट्टर कमल थापापक्षधर एघार सांसद् सामेल भएका छन् ।

यस्तै, १ सय ६६ केन्द्रिय सदस्यमा ७२ जनाले पशुपतिको साथ रोजेका छन् । आश्चर्य त के भने थापा (संस्थापन) पक्षका एघार सांसद पशुपति शमशेर खेमामा पुगेका छन् भने पशुपतिपक्षधर जयन्त चन्दले कमल थापाको हात समाएका छन् ।

प्राप्त जानकारीअनुसार पशुपति शमशेर राणा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, ध्रुवबहादुर प्रधान, रामचन्द्र राय, दीपक बेहरा, फत्तेसिंह थारु, नरेन्द्र चौधरी, सुनिल थापा, विक्रम पाण्डे, जगत गौचन, राजाराम श्रेष्ठलगायत ७२ केन्द्रीय सदस्यले पशुपतिलाई साथ दिएका छन् । यस प्रकरणपछि कमल थापाबाट एघार सांसद घटेर पशुपतितिर २२ सांसद हुन पुगेका छन् ।

यसरी अचानक राप्रपा फुटेको सन्दर्भलाई राजनीतिक विश्लेषकहरूले संविधान शंसोधनको मुद्दासँग जोडेर हेरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू छिमेकी भारतको भ्रमणमा जानुअघि संविधान संशोधन गरेर देखाउने भनी दिएको अभिव्यक्तिलाई यतिबेला अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्