Logo
१८ बैशाख २०८१, मंगलबार
(November 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लाे कार्यकालमा नसकिएका याेजना पूरा गर्छु : सन्तोष पाण्डे

रुपन्देही-३ (ख)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र याेजनालाई सक्न प्राथमिकता दिने बताएका छन् ।

निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए । उनले जनताको अपेक्षालाई पूरा गर्ने पनि बताए ।

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा मात्रै काम होइन, जनताको दैनिकीमा परेको समस्याका लागि पनि सधैँ तयार रहने उनकाे भनाइ छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचित भएका पाण्डेलाई प्रमाणपत्र दिएका थिए ।

पाण्डे यो क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार नाै सय २८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार सात ९८ मत ल्याएका छन् । पाण्डे चार हजार एक सय ३० मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: Nov 24, 2022

प्रतिक्रिया दिनुहोस्