Logo
१२ जेष्ठ २०८२, आईतबार
(August 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथमा जनैपुर्णिमाको रौनक (फोटो फिचर)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

प्रकाशित मिति: Aug 12, 2022

प्रतिक्रिया दिनुहोस्