Logo
५ जेष्ठ २०८१, शनिबार
(July 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि प्राविधिकसहित ४३ कर्मचारीको माग

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई, सुर्खेतले कृषि प्राविधिकसहित ४३ जना कर्मचारीको माग गरेको छ ।

कृषि तथा पशुपछी मन्त्रालयअन्तर्गतकाे इकाईले बिहीबार सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १० पदमा दरखास्त खुलाएको हो । सूचना अनुसार कृषि प्राविधिक पदमा ३३ जना कर्मचारीको माग गरिएको छ । यस्तै, सबइन्जिनियर पदमा २ जना र अन्य ८ पदमा १–१ जना कर्मचारी पदपूर्ति गरिनेछ ।

कार्यक्रमको वेबसाइट वा आवेदन व्यवस्थापन प्रणालीमार्फत यी पदहरूमा आवेदन दिन आवश्यक न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमबारे जानकारी पाइने सूचनामा उल्लेख छ । दरखास्तको समय यही साउन २६ गतेसम्म तोकिएको छ ।

योग्यताको पूर्वमूल्यांकन एवं प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: Jul 28, 2022

प्रतिक्रिया दिनुहोस्