Logo
१८ बैशाख २०८१, मंगलबार
(June 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरर्घातको आरोप लागेका नेतालाई आसनग्रहण गराएपछि जसपाकाे समीक्षा बैठकमा कुटाकुट !

अन्तरर्घातको आरोप लागेका नेतालाई आसनग्रहण गराएपछि जनता समाजवादी पार्टी (जसपा) को समीक्षा बैठकमा कुटाकुट भएको छ ।

जसपाको प्रदेश २ स्थित धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको हो। समिक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी थिए।

जनकपुरधामस्थि होटल बाबाको ढावामा मंगलबार आयोजित बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद हुँदा कुटाकुट भएको हो।

जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतका समूहले अन्तर्घात गरेको आरोप लगाउँदै सिटमा बसे लगतै यादव समर्थकले उनीमाथि कुटपिट गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए।

कुटाकुट गर्ने केही नेतालाई बैठक हलबाट निकालिएको थियो। कुटाकुटको क्रममा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखियालाई चोट लागेको छ।

बैठकमा आरोप प्रत्यारोपको क्रममा विवाद हुँदा हाता हालाहालको स्थिति आएको जसपा नेता शेष नरायण यादवले स्वीकारे। यद्दपि त्यसलाई कुटाकुट भन्न नमिल्ने उनको जिकिर छ।

प्रकाशित मिति: Jun 8, 2022

प्रतिक्रिया दिनुहोस्