Logo
१६ कार्तिक २०८१, शुक्रबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौनदासीको रुपमा राखेको युवतीको बयानः ‘६ महिनासम्म बलात्कार गरे’

एजेन्सी, बीबीसी : ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको । इखलाख त्यतिबेला १४ वर्षकी थिइन् जब इस्लामिक स्टेटका कथित लडाकूले उनलाई अपहरण गरे र उनलाई यौनदासीको रुपमा बन्धक बनाए ।

सन् २०१४ मा इस्लामिक स्टेटको निशानामा विशेषगरी यजिदी थिए । यजिदी एक धार्मिक समूदाय हो जुन उत्तरी इराकको इलाकामा वर्षौंदेखि बस्दै आएको छ । इस्लामिक स्टेटका चरमपन्थी लडाकूले पुरुषको हत्या गरे र महिलालाई अपहरण गरे ।

इस्लामिक स्टेटः

यद्यपी, इखलासले इस्लामिक स्टेटको पकडबाट बाँच्नका लागि माउन्ट सिंजारको इलाकबाट भाग्ने कोसिस गरिन् तरपनि उनी ती मानिसहरुको पकडमा आइन् ।

इस्लामिक स्टेटका लडाकूले उनीहरुलाई बन्धक बनाए र तीमध्ये एकले उनलाई ६ महिनासम्म यौनदासी बनाएर राखे ।

इखलासका अनुसार इस्लामिक स्टेटका एक लडाकूले उनलाई १ सय ५० युवतीमध्येबाट गोलाप्रथा गरी छानेका थिए ।

इखलास भन्छिन्, ‘ती व्यक्ति घिनलाग्दो थिए । लामो कपाल भएका ती व्यक्ति कुनै जनावरजस्तै देखिन्थे । उनको शरिर गन्हाउँथ्यो । म उनीसँग यति डराउँथे कि उनलाई हेर्न पनि सक्दिनथें ।’

शरणार्थी शिविरः

एक दिन इस्लामिक स्टेटका ती चरमपन्थी कतै लडाईंका लागि गएका थिए र त्यतिबेला नै उनी त्यहाँबाट भाग्ने मौका पाइन् र सफल पनि भइन् ।

पछि इखलासलाई एक शरणार्थी शिविरमा पुर्याइयो । पीडा र त्रासदीले भरिएका ती दिनलाई याद गर्दै इखलास भन्छिन्, ‘म नरोइकनै आफ्नो कुराहरु तपाईंलाई कसरी भन्न सकिरहेकी छु । वास्तवमा मेरो आँसु सुकिसकेको छ ।’

इखलास अहिले जर्मनीको एक मानसिक अस्पतालमा छिन् र उनले त्यहाँ उपचारका साथै शिक्षा पनि पाइरहेकी छिन् । इखलासको सपना एक सफल वकिल बन्नु हो ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्