Logo
२३ भाद्र २०८२, सोमबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गभर्नर महाप्रसाद निलम्बनको विरोधमा राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित

नेपाल राष्ट्र बैङ्कका कर्मचारी संघका कर्मचारीले रकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा आन्दोलन गरेका छन् ।

राष्ट्र बैङ्क कर्मचारी सङ्घले अधिकारीमाथिको कारबाहीको विरोधमा आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ ।

कर्मचारीहरूले राष्ट्र बैङ्कको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

अधिकारीले सरकारलाई काम गर्न असहयोग गरेको कारण कारवाही गरेको भनेर प्रधानमन्त्रीले प्रष्टिकरण दिइसकेका छन् । अधिकारले अर्थमन्त्रीलाई काम गर्न अप्ठेरोमा पारेको आरोप सरकारी पक्षले लगाएका छन् ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्