Logo
७ जेष्ठ २०८१, सोमबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमसभालाई सम्बोधन गर्न हुम्ला पुगे ओली

चुनावी आमसभालाई सम्बोधन गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्ला पुगेका छन् ।

हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हुम्ला पुगेका हुन् ।

ओलीले आज चीनको सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी लाप्चाबाट मानसरोवरको दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिए ।अध्यक्ष ओलीका साथ उपाध्यक्ष विष्णु पौडेल पनि हुम्ला पुगेका छन् ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्