Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव नेतृत्व नेकपा माओवादीद्वारा चुनावमा सहभागिताबारे गृहमन्त्रीसँग छलफल

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले चुनावमा सहभागिताबारे गृहमन्त्रीसँग छलफल गरेको छ । भेटमा नेता विश्वकर्माले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् ।

निर्वाचनमा सहभागिताका लागि नेकपा माओवादीले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखिरहेको छ ।

यही विषयमा पटक-पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् ।

सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो ।

छलफलमामा गृहमन्त्री खाँणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताए।

 

 

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्