अब हुन्डाईको नयाँ गाडी खरिद गर्दा ४ लाखसम्म नगद छुट पाइने
अब हुन्डाईको नयाँ गाडी खरिद गर्दा ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट पाउने भएका छन् ।
नयाँ वर्षको अवसरमा हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ गाडी खरिदमा ग्राहकलाई ४ लाख रुपैयाँसम्म नगद छुट दिने अफर ल्याएको हो ।
साथै ७९ हजार रुपैयाँसम्म नयाँ वर्ष वोनस र सोही रकम सम्मको एक्सचेन्ज वोनस समेत पाउन सकिने कम्पनीले जनाएको छ ।गाडीको मोडल अनुसार ९९ हजार रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सकिने सो अफरमा ग्राहकले १ वर्षको निशुल्क विमा तथा सवारी कर समेत छुट पाउनेछन् ।
एक्सचेन्जमा खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले तुरुन्तै मूल्यांकन गरिने व्यावस्था समेत मिलाइएको छ ।नेपाली बजारमा हुन्डाइको सस्तोमा सेन्ट्रो ह्याचव्याकदेखी महंगोमा प्यालिसेड एसयुभीसम्म उपलब्ध रहँदै आएको छ । यी गाडीको मूल्य २५ लाख ९६ हजारदेखी २ करोड ३५ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।