Logo
२० जेष्ठ २०८१, आईतबार
(July 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यदि युद्ध सुरु भए भारतसँग भएको गोली–बारुद १० दिनका लागि मात्र

भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्ट अनुसार यदि युद्ध सुरु भए भारतीय सेनाद्वार प्रयोग गर्ने गोली–बारुदमध्ये ४० प्रतिशत १० दिन भित्रै समाप्त हुनेछ । दैनिक भाष्करले एक रिपोर्टमार्फत सो कुराको जानकारी दिएको हो ।

रिपोर्ट अनुसार युद्ध सुरु भएको स्थितीमा ७० प्रतिशत ट्याङ्क र तोपको ४४ प्रतिशत गोली बारुद १० दिनमा समाप्त हुनेछ । नियमानुसार, सेनासँग कम्तीमा पनि ४० दिनसम्म पुग्ने हतियार र गोला–बारुद हुन आवश्यक छ ।

क्यागले दुई वर्ष पहिले सन् २०१५ को मे महिनामा पनि सेनासँग हातहतियार र गोला बारुदको कम भण्डारण भएको विस्तृत रिपोर्ट संसदमा पेश गरेको थियो ।

दैनिक भाष्करका अनुसार चीन र पाकिस्तानसँगको सीमा विवाद चर्किरहेका बेला उक्त रिपोर्ट भारतका लागि खतराका घण्टी हो । एजेन्सी

प्रकाशित मिति: Jul 22, 2017

प्रतिक्रिया दिनुहोस्