Logo
२६ बैशाख २०८१, बुधबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकले दियो गाडी आयातको एलसी रोक्न निर्देशन

नेपाल राष्ट्र बैंकले अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।

सो अवसरमा केन्द्रीय बैंकले विलासिताका सामग्री आयात शुन्यमा झार्न भन्दै प्रतितपत्र अर्थात एल.सी नखोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।

विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर छलफल गरेको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तुबाहेक अरू विलासी सामानहरूको आयात नहुने भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो ।

नेपाली बजारमा अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्