Logo
१८ बैशाख २०८१, मंगलबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा पुगे दिल्लीमा, भारतीय रक्षा राज्यमन्त्री भट्टद्वारा स्वागत

तीन दिने भारतको  भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली ओर्लिएका उनीहरुलाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् ।देउवाको स्वागतमा भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका थिए ।

साथै भारतका लागि भर्खरै नियुक्त भएका नेपालका राजदूत शङ्कर शर्मा पनि देउवाको स्वागतमा पुगेका थिए ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्