तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पलद्वारा उच्च अदालतमा रिट
नाबालिगमाथि जबरजस्ती करणी अभियोगमा जेलमा हिरासतमा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।
निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।अदालतका उप-रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ९९० बमोजिम निवेदन दिइएको शाहका वकिल कमलामोहन वाग्लेले बताए । १० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
थुनामा रहेको पाँचौँ दिन शाह अदालत पुगेका हुन् ।