Logo
५ जेष्ठ २०८१, शनिबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपाले बोलायो पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा बुधबारबाट बस्ने बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक सङ्गठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने ।

उनका अनुसार देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् । उक्त पार्टीबाट उपेन्द्र यादव समूह अलग भएको भइसकेको छ ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्