Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भण्डारीले भने, ‘जुन पद छोडेर आउनु हुन्छ त्यही पद पाउनु हुन्छ’

20160627_133552

काठमाडौं । राष्ट्रिय मधेश समाजवादी पार्टी अध्यक्ष शरत्सिंह भण्डारीले पार्टीलाई मधेशका शक्तिशाली पार्टी बनाउने उदघोष गर्दे ‘जुन पद छोडेर आउनु हुन्छ त्यही पद पाउनु हुन्छ ‘ भनी लोभ्याएका छन ।

पार्टीको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अन्य कुनै पार्टीबाट पार्टी परित्याग गरेर आएकालाई सोही बमोजिमको पद दिइने बताएका छन् ।

अध्यक्ष भण्डारीले भने,‘हामी मधेशकै ठूलो पार्टी बनाउँछौं । त्यसका लागि अन्य पार्टी परित्याग गरेर आउने मित्रहरुलाई स्वागत छ । पुरानो पार्टीको जुन पद त्याग गरेर आउनु हुन्छ हामी त्यही पद दिन्छौं ।’

कार्यक्रममा शुभकामना दिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका नेता अशोक रायलगायतका नेताहरु पुगेका थिए ।

शुभकामना दिन मधेशका विभिन्न क्षेत्रका व्यक्तिहरु कार्यक्रममा सहभागी भएका थिए । साथै विभिन्न पार्टी परित्याग गरेर आएका नेताहरुलाई भण्डारीले स्वागत गरेका थिए ।

Ramasapa-1

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्