Logo
८ जेष्ठ २०८२, बुधबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन मागेको छ। मन्त्रालयले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै योग्यता, अनुभव र उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त दिन सूचना गरेको हो ।

दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ ।सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ।

यस्तै कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्दछ। पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्