Logo
२६ असार २०८२, बिहीबार
(February 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली लोक सेवा आयोगले माग्यो ३७३ जना स्थायी कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले ३७३ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो। सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ।

खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ।योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

अप्राविधिकको प्रथमपत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुने छ।

प्रकाशित मिति: Feb 8, 2022

प्रतिक्रिया दिनुहोस्