Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले नेपाललाई १२ अर्ब अनुदान दिने

छिमेकी मुलुक भारत सरकारले नेपाललाई दिने अनुदान १२ अर्ब नेपाली रुपैयाँ बजेट छुट्याइएको छ ।

भारतले चालु आर्थीक वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको हो । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आज (मंगलबार) प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले मुलुकहरुलाई दिने अनुदान रकम छुट्याएको हो ।

गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।

त्यसो त वित्त वर्ष २०२०/२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो ।भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ ।

भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बङ्गलादेशलाई ३ अर्ब, श्रीलङ्का २ अर्ब, मालदिभ्सलाई ३ अर्ब ६० करोड, मङ्गोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्