पूर्व मिस युएसए चेस्ली क्रिस्टले गरिन् आत्महत्या
पूर्व मिस यूएस चेस्ली क्रिस्टले ३० वर्षको उमेरमा हाम फालेर आत्महत्या गरेकी छन् । उनले म्यानहट्टनस्थित भवनको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको न्युयोर्क नगर प्रहरीले जानकारी दिएको छ ।
उनले सन् २०१९ मा ‘मिस युएसए’ को ताज जितेकी थिइन् । सिएनएनका अनुसार उनका परिवार उनको मृत्युले शोकमा डुबेको छ । परिवारले उनको मृत्युपछि उनको यादमा शोक मन्तव्य जारी गरेको छ ।