Logo
३१ असार २०८२, मंगलबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली लोकसेवा आयोगले खुलायो पाँचौं तहको स्थायी पदपूर्तिका लागि विज्ञापन

कर्णाली प्रदेश लोकसेवा आयोगले पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिकतर्फको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिकतर्फको विज्ञापन प्रकाशित गरेको हो ।

आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो ।प्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ ।

यस्तै, अप्राविधिकतर्फ सव-ईन्जिनियर ५७, कृषिप्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाकालागि विज्ञापन गरिएको हो । ​

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्