Logo
१६ बैशाख २०८१, आईतबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सुन्दरी हरनाज सान्धुले जितिन् मिस युनिभर्स २०२१ को उपाधि

भारतीय सुन्दरी हरनाज सान्धुले मिस युनिभर्स २०२१ को उपाधि जितेकी छन् ।भारतले २१ बर्ष पछि मिस युनिभर्सको उपाधि जीतेको हो ।

इजरायलमा आयोजीत ७० औँ मिस युनिभर्स २०२१ को उपाधि हरनाज ले हात पारेकी हन् ।गत बर्षकी मिस युनिभर्स मेक्सीकन मोडल एन्ड्रिया मेजाले ताज लगाइदिइन् ।

मिस युनिभर्सको प्रतिस्पर्धामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । मिस युनिभर्स प्रतिस्पर्धामा सुजिताले नेपालको चिनारी झल्कीने कस्टियुममा प्रस्तुत भएकी थिइन् ।

भारतले २१ बर्ष पछि मिस युनिभर्सको उपाधि जीतेको हो । यो भन्दा अगाडी २००० मा लारा दत्ता मिस युनिभर्स भएकी थिइन् । र १९९४ मा सुस्मिता सेन मिस युनिभर्स भएकी थिइन् ।

हरनाज भारतको चंडीगढ मा रहदै आएकी छिन् । उनले २०१७ मा सिस चंडिगढ को उपाधि जीतेकी थिइन् । २०१९ मा भएको मिस इन्डीयामा उनले सहभागीता जनाएकी थिइन् । जहाँ उनले उत्कृष्ट १२ मा आफ्नो स्थान बनाएकी थिइन् ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्