Logo
२० बैशाख २०८१, बिहीबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को नतिजा मंसिर २० गतेसम्म सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बार्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

कुनै प्राविधिक समस्या नआए मंसिर २० गतेभित्रै नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताए । यस वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो।

परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी भएका थिए।गएको परीक्षामा कोभिड-१९ सङ्क्रमण भएर सहभागी हुन नपाएका देशभरीका कक्षा १२ का ४१ परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ।

छुटेका विद्यार्थीको लागि सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाएको शर्माले बताए।

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्