Logo
६ जेष्ठ २०८१, आईतबार
(November 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराले तोके सर्वोच्चमा आजका लागि दश इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले आजका लागि एउटा एकल सहित नौ संयुक्त इजलास तोकेका छन् ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । न्यायाधीश द्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोकेका छन् ।

साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको छ ।

प्रकाशित मिति: Nov 19, 2021

प्रतिक्रिया दिनुहोस्