Logo
१८ बैशाख २०८१, मंगलबार
(October 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राति भेट्न बोलाएर तीन दिदीबहिनीमाथी सामूहिक बलात्कार

एकै घरका दिदीबहिनीलाई राति भेट्न बोलाएर ९ जनाको समूहले सामूहिक बलात्कार गरेका छन् । कमलामाई नगरपालिका-५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने ।

बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।प्रहरीका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो ।

चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् ।

त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनाले पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Oct 19, 2021

प्रतिक्रिया दिनुहोस्