Logo
१६ बैशाख २०८१, आईतबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग जोडिएको सर्लाहीका मुख्य सीमा नाका खुला

कोरोनाका कारण गत वर्ष चैत्रबाट बन्द रहेको सर्लाही जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचारु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो ।

तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न सकिएको थिएन । शनिबारबाट दुवै देशमा सवारी तथा पैदल मुख्य नाकाबाट आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

यसअघि औपचारिक रुपमा नाका नखुले पनि खेत खोला खोल्सी भएर सर्वसाधारणले आवत जावत गरिरहेका थिए ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्