Logo
१८ बैशाख २०८१, मंगलबार
(May 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यही हो त तालमेल: माओवादीका कार्यकर्ता बुरुक्क-बुरुक्क !

चितवन, जेठ २  : भरतपुर महानगर पालिकाको मतगणना परिणामले माओवादी केन्द्रका कार्यकर्ताहरु आक्रशित भएको खबर छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री समेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनेपछि भरतपुरको चुनावी परिणामप्रति सबैको चासो बढिरहेका बेला सोहि पार्टीका कार्यकर्ताहरुमा आक्रोस र निरास देखिएको छ । यहि हो तालमेल भन्दै चितवनमा माओवादी केन्द्रका कार्यकर्ता बुरुक्क बुरुक्क उफ्रिएकाछन् ,राप्रपाका एक नेताले न्यूज अभियानलाई भने ।

पछिल्लो मतगणना अनुसार, माओवादी काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई ३८७ मतले पछाडि पार्दै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनले १३७३ मत पाएका छन् भने दाहालले ९८७ मत ल्याएकी छन् । उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार दिव्या शर्मा नै अगाडि छिन् । उनले ११०८ मत ल्याएकी छिन् भने कांग्रेसकी पार्वती शाहको ११९८ मत छ ।

कांग्रेस र माओवादी केन्द्रको तालमेल भएपनि तल्लो तहको वडामा त्यस्तो स्थिति देखिएको छैन् । कांग्रेसका कट्टर कार्यकर्ताले उपमेयरमा भोट हालेपनि मेयरमा भोट क्रस गरेको आशंका गरिएको छ । मेयरमा उठेकी रेणु दाहालभन्दा कांग्रेस उपमेयरमा उठेकी पार्वतीको मत बढी देखिएको छ ।

हालसम्मको चुनावी परिणामबाट भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको तालमेल भन्दा एमाले एक्लैले बढी मत ल्याएको देखिन्छ । भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो ।

प्रकाशित मिति: May 16, 2017

प्रतिक्रिया दिनुहोस्