Logo
१४ श्रावण २०८२, मंगलबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातबाट उनको निधन भएको हो । मुम्बइको कपुर अस्पतालले ४० बर्षीय सिद्धार्थको निधन भएको पुष्टि गरेको हो ।

भारतीय मिडिया एबीपिका अनुसार बुधबार राति सुत्नुअघि केही औषधी खाएका शुक्ला विहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयघातबाट उनको निधन भएको जनाएको छ ।

सिद्धार्थ शुक्लाको जन्म १२ डिसेम्बर १९८० मा मुम्बईको एक हिन्दु ब्राह्मण परिवारमा भएको थियो। मोडलिङको क्रममा उनले बुबा गुमाएका थिए ।

उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ विग बोस सिजन १३ का विजेता हुन् ।सिद्धार्थ शुक्ला अन्तिम दिन सम्म लगातार काम गर्दै थिए।

केहि दिन पहिले, सोशल मिडिया मा, उनले एक सानी केटी संग आफ्नो तस्वीर सीयर गरेका थिए । जो धेरैले मन पराएका थिए । अहिले धेरैलाई विश्वासै लागेको छैन् कि अब उनी यस दुनियामा छैनन् भन्ने ।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्