Logo
३१ असार २०८२, मंगलबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोहोराटारमा पौडेल समूहको बैठक जारी, क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन समितिसँग छलफल

बोहोराटारमा नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक जारी छ ।नेपाली कांंग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसिरहेको हो ।

क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

साथै पौडेल समूहले आफ्नो समूहमा सभापतिको आंकाक्षी उम्मेदवारबाट एक उम्मेदवार बनाउने विषयमा पनि छलफल गर्दै छ ।

हिजो (मंगलबार) को बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने निर्णय गरेका उनीहरूले सरकारको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए ।

उनीहरूले आफूले पाउने मन्त्रालयमा मात्र नियुक्त गरेर भए पनि सरकारको प्रभावकारिता स्थापित गर्न प्रधानमन्त्री देउवालाई सुझाव पनि दिएका छन् ।

 

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्