जसपा नेपाल (लोकतान्त्रिक) पार्टी सरकारमा सहभागी नहुने
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा जसपाबाट फुटेर अलग्गै पाटी दर्ताका लागि निवार्चन आयोगमा निवेदन दिएको महन्थ ठाकुर पक्ष सहभागी नहुने भएको छ ।
ठाकुर पक्षले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले बताए । देउवा सरकारले एमाले माधव नेपाल पक्षलाई सरकारमा लैजानको लागि दल फुटाउने अध्यादेश जारी गरेको थियो ।
यो अध्यादेश जारी गरेसँगै जसपा र एमाले पार्टी फुटेको छ । एमालेबाट फुटेर गएको माधव नेपाल पक्ष सरकारमा जाने भएको छ । आयोगले नेकपा एमाले समाजवादी पार्टीको सनाखत गर्ने वितिकै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी रहेको छ ।