सरकारमा जाने मन्त्रीबारे छलफल गर्न आज पनि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो तीन बजे बैठक बोलाइएको हो ।
सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रको स्रोतले जानकारी दिएको छ ।
यस अघि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । शर्माले अर्थ मन्त्री र भुसाल ऊर्जा मन्त्री बनेका छन् ।
माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरू बताउँछन् ।कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानु नमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् ।
प्रधानमन्त्रीमा गत असार २९ गते नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।