Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा कार्यकारिणी समितिको बैठक जारी

जसपा नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । बिहीबार ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु भएको हो ।

पार्टीका शीर्ष नेताहरु नआएका कारण बैठकमा ढिलाई भएको थियो ।उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्