Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्भया बलात्कारका चारै दोषीमाथि मृत्युदण्ड यथावत

एजेन्सी,  भारतको सर्वोच्च अदालतले निर्भरा सामूहिक बलात्कार मुद्दाका चारैजना दोषीलाई मृत्युदण्डको सजायँलाई यथावत राखेको छ । । अदालतले निर्णय सुनाउँदै भन्यो, ‘जुन बर्बरताका साथ अपराध भयो त्यसलाई माफी दिन सकिन्नँ ।’ चारैले फाँसीविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

स्थानीय समयानुसार दिउँसो २ बजेर ३ मिनेटमा सर्वोच्च अदालतका तीन न्यायाधिस – दीपक मिश्रा, अशोक भूषण र जस्टिस भानुमती अदालतमा आए । न्यायाधिस मिश्रा र भूषणले हरेक कुरालाई रेकर्डमा लिए । न्यायाधिस मिश्रा र भूषण फाँसीको पक्षमा थिए । अदालतले २० मिनेटमा निर्णय सुनायो ।

न्यायाधिस दीपक मिश्राको बेन्चले फास्ट ट्र्याक सुनुवाई पछि २७ माचको निर्णय सुरक्षित राख्यो । स्मरण रहोस्, सन् २०१२ को डिसेम्बर १६ तारिखमा दिल्लीमा ६ अपराधीले गुडिरहेको बसमा निर्भयामाथि सामूहिक बलात्कार गरेका थिए । उनलाई बसबाट फ्याँकिएको थियो । पछि उपचारको क्रममा पीडितको मृत्यु भएको थियो ।

अदालतले भन्यो, ‘जुन बर्बरतापूर्ण तरिकाले घटना भयो त्यस हिसाबले हाईकोर्टको निर्णय सही थियो । यसमा माफीको कुरै आउँदैन ।’ दोषीले पीडितालाई बसले किचेर मार्ने कोसिस पनि गरे । पछि सिंगापुरमा उपचारको क्रममा निर्भयाको मृत्यु भयो । अन्तिम निर्णय पछि कोर्टरुममा ताली पनि बज्यो ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्