Logo
१८ बैशाख २०८१, मंगलबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि एमाले केन्द्रीय कमिटी बैठक, पार्टी एकताकै विषयमा केन्द्रीत छलफल हुने

आज पनि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे बालाइएको हो।

बुधवार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए।

१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए। एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो।

आज पनि पार्टी एकताकै विषयमा केन्द्रीत रही छलफल हुने जनाइएको छ। त्यस्तै बुधवार बसेको बैठकमा एमालेको माधवकुमार नेपाल समूहले नाराबाजी रोकेर एकता प्रक्रियामा अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालसमूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो ।

उक्त बैठकमा भीम रावल भने अनुपस्थित थिए । बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्