Logo
५ जेष्ठ २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारीका लागि विज्ञापन खुला गरेको छ ।

प्राधिकरणले गोरखापत्रमा सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न चौथो तह सहायकदेखि नवौँ तह प्रबन्धकसम्म (प्राविधिक/अप्राविधिक)का कर्मचारीका लागि भारी सङ्ख्यामा विज्ञापन गरिएको जानकारी दिएको छ ।

लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।सूचना प्रकाशित भएको २१ दिन भित्र दरखास्त दिन भनिएको छ । दरखास्त प्राधिकरणको वेबसाइटमा अनलाइनमार्फत भर्नुपर्ने छ ।

यसैगरी प्राधिकरणले आन्तरिक प्रतियोगिता तथा कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पनि दरखास्त माग गरेको छ

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्