Logo
१८ बैशाख २०८१, मंगलबार
(July 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बागमती प्रदेश सभा बैठक, पुनः विनियोजित बजेट शीर्षकमा छलफल गर्ने

आज बागमती प्रदेश सभाको बैठक बस्ने भएको छ । हिजो आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

आइतबार सहमतिको लागि सर्वदलीय बैठक बसेको थियो । सोमबारको बैठकमा पुनः विनियोजित बजेट शीर्षकमा छलफल गर्ने सहमति भएको छ ।

बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँ, विवेकशीलका रमेश पौड्याल र सत्तारुढ दलका दीपक निरौला सहभागी थिए ।

प्रकाशित मिति: Jul 5, 2021

प्रतिक्रिया दिनुहोस्