Logo
५ जेष्ठ २०८१, शनिबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम मुख्यमन्त्री भट्टले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरू

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सम्बोधनपछि मतदान प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन सांसदसँग आह्वान गरेका छन् । यससँगै अहिले मतदानको तयारी भइरहेको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।‘सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने छ, यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध छु’ उनले भने ।

आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको उनको भनाइ छ ।‘म सभामुखमार्फत आग्रह गर्छु, सबैले मलाई विश्वासको मत दिनुस्,’ उनले भने, ‘म सबै माननीयहरूको सुझावका आधारमा साझा एजेन्डा बनाएर काम गर्नेछु ।’

 

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्