Logo
६ जेष्ठ २०८१, आईतबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजिक संजालबाट बाहिरिएका महिला हिंसाका बदलिदो रुपहरु !

महिलामाथि हुने हिंसा सामान्य जस्तो नै भैसक्यो पछिल्लो समयमा । अहिले लकडाउन झै माहोलबीच सडकमै त विरोध गर्ने अवस्था छैन तर सामाजिक सञ्जालमा महिला हिंसाको बदलिदो रुपहरु सार्वजनिक हुन थालेका छन्।

महिला हिंसाको विरोधमा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका अभिव्यक्तिहरु आइरहेका छन् । केहीदिन एता न्यायकोलागी भन्दै यस्ता किसिमका केही घटनाहरुले निकै चर्चा बटुलेको छ ।

घटना नम्बर १
Facebook, youtube, tik tok जस्ता सामाजिक संजालहरुमा निकै चर्चा पाएको घटना हो ,२८ वर्ष की चितवनवासी सविना भन्डारीको मृत्यु प्रकरण अहिले निकै भाइरल भइरहेको छ उनको मृत्यु आत्महत्या भएको हो यहाँ हत्या गरिएको हो भन्ने विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा भएको छ ।

विरोध गरिरहेका छन् विशेषगरी सबिनाको मृत्यु आत्महत्या नभएर हत्या हो भनेर सामाजिक संजालमा चर्चा चलिरहेको छ ।हत्या नै भएको हो भनेर अनि र विभिन्न किसिमका भिडियोहरु लेखहरु नाटकहरु बनाएर सामाजिक संजालहरुमा राखिएको छ । हुन त यो विषय अदालतमा पुगिसकेको छ अदालतले सत्य तथ्यको छानविन गरी यो केसको टुंग्याउने छ । माइती पक्षले यो आत्महत्या नभई हत्या हो भनेको छ । यो आत्महत्या हो कि हत्या हो भनेर हामीले नभई अदालतले फैसला गर्नेछ ।

यो विषय यति धेरै चर्चामा आउनुको कारण सविनाले केही समयअगाडि आफ्नो मोबाइलमा रेर्कड गरेको video कारणले गर्दा र आफ्नो बहिनीसँग गरिएको कुराकानी सार्वजनिक हुँदा यतिधेरै चर्चामा चर्चामा आएको हो ।

75 वर्ष को उनको ससुराबाट हिंसामा परेको भन्दै आफ्नो कुरा बहिनीसँग बताएकी रहिछन् र बहिनीकी अनुरोधमा उनले आफू हिंसामा परेको बेला आफ्नो मोबाइलमा भिडियो पनि कैद गरेको र आफ्नो साथीसँग कुराकानीको क्रममा पठाइएका भ्वाइस म्यासेजको क्लिपहरु को कारणले गर्दापनि उनी हिंसा मपरे जस्तो देखिन्छ ।

यस्ता किसिमका मानसिक तनाव र हिंसाको कारणले गर्दा उनले आत्महत्या गरेकी हुन् या हत्या गरिएको हो भन्ने कुरा अनुस्नधान भइरहेको प्रहरिको भनाइ छ ।

त्यस्तै घटना नम्बर २
हिजो अस्ति मात्र फेरी एउटा घटनाले चर्चा त्योपनि हिंसासम्बन्धी नै घटना हो राउटे समुदायकी दुइ महिलाको भिडियो पनि सार्वजनिक भएको छ tik tok मा युट्युबमा Fecbook ma यो भिडियो पनि छ्यापछ्याप्ती भेट्न सकिन्छ। सामाजिक अन्जानमा उनीहरुलाई मदिरा सेवन गराई उनीहरूको संवेदनशील अंगहरुमा छोएर बनाएको भिडियो सामाजिक सञ्जालमा राखिएको छ ।

हुन त यस्तो कार्य गर्ने तीनजना पक्राउ पनि परिसकेका छन् । यस्तो अवस्थामा आम नेपाली नागरिकले आक्रोश व्यक्त गर्नु तथा पीडितको न्यायका लागि आवाज उठाउनु स्वाभाविक हो । तर यसो भन्दैमा पीडितको परिचय तथा अनुहार देखिने फोटोहरू पोष्ट गर्नु कानुन विपरीतको कार्य हो । पीडितप्रति सहानुभूति देखाउने क्रममा उल्टै उनीहरूलाई पिडा दिने काम पो हामीहरूले गरीरहेका छो ।

घटना नम्बर ३
यो पनि चितवन घटना हो सौतेनी आमालाई जलाएर मारिएको भन्ने कुरा पनि अहिले निकै चर्चा पाइरहेको छ । यो घटना पनि अनुसन्धान भइरहेको छ यो हत्या हो कि आफै जलेर मृत्यु भएको हो भन्ने कुरा आफ्नो पाटोमा होला अनुसन्धानबाट यसको पनि तथ्य सत्य आउनेछ।

यी त भए हिंसाका प्रतिनिधि घटनाहरु। यस्ता घटनाहरु धेरै छन्। महिला मात्र होइन पुरुषहरु पनि हिंसामा पर्ने गरेका छन् विशेषगरी समाजमा पुरूष भन्दापनि महिला नै हिंसामा परेको देखिन्छ कहिले दाईजोको नपाएको , बाहिरि बाट भन्दा पनि आफ्नै मान्छेबाट महिलाहरु बढी हिंसामा पर्ने पाइएको छ ।

विभिन्न महिला सम्बन्धी काम गर्ने संस्था हरूले गरेको अध्ययन अनुसार पछिल्लो क्रममा अशिक्षित मात्र हैन शिक्षित महिलाहरु पनि हिंसामा पर्ने गरेको पाइन्छ ।शिक्षित महिलाहरुले पनि आफू हिंसामा परेको थाहा हुँदाहुँदै पनि सहेर बस्ने, डरले पनि उनीहरु आफ्ना कुरा आफू हिंसामा परेको कुरा बाहिर ल्याउन चाहँदैनन् ।जब महिला आर्थिक रुपमा सक्षम हुन्छन् अब हिंसा म पर्दैनन् भन्ने पनि गलत हो किनकि उनीहरुको काम गर्ने ठाउँमा पनि हिंसामा परिरहेका हुन्छन् ।

कहिले हाकिमबाट त कहिले आफ्नै सहकर्मीबाट पनि हिंसामा पर्ने गरेको पाइन्छ ।तर पनि यस्ता कुराहरु उनीहरु बाहिर ल्याउन चाहँदैनन् कति जागिर छुट्ने पो हो की मलाइ नै नराम्रो भन्ने हो कि भन्ने डरले गर्न पनि यस्ता कुराहरु बाहिर आउन सकेका छैनन्।

महिला हिंसा पुस्तादेखि नेपाली समाजमा हस्तान्तरण हुँदै आएको हो । नेपालको धर्मसंस्कृति, रीतिरिवाज तथा विधि पद्धतिहरुले गर्दा नै नेपाली समाजमा महिला हिंसाले जरो गाँडेको कुरा प्रष्टै छ । विशेषगरी महिलाले घर सम्हाल्ने, बच्चाको स्याहारसुसार गर्ने, भान्साका कामहरु गर्ने र पुरुषले घर परिवारको जिम्मेवारी लिने, घर बाहिरका कार्य गर्ने गरी कामको बाँडफाँड पहिल्यैदेखि भइआएको पाइन्छ जसले गर्दा महिलाहरु केवल चुलोचौकोमै सीमित हुन पुगे । महिला विभेदको समाज र पुरुष प्रभुत्वको प्रक्रिया पुरातन समाजको अन्तिम कालखण्डबाट शुरु भएको हो जहाँ महिलालाई यौन सन्तुष्टि पूरा गर्ने साधनका रुपमा मात्रै लिइन्थ्यो ।

छोरी बुहारी आफ्नै ससुरा बाउ आफ्नै सरोदर दाजु भाइकै सिकार भई बलात्कृत हुन्छन।कुनै घरमा बुहारी काम गर्ने मेसिन मात्रै हो। बुहारी अबेर सम्म सुत्न हुदैन भन्ने हाम्रो समाज दाइजो नल्याएको निउमा दिन दिनै अनेकौं टर्चर दिएर आत्मा हत्या बाटो रोज्न बाध्य बनाउने हाम्रो समाजलाई कस्तो शिक्षा दिन आबश्यक होला। बुहारी हो एकबचन कसैलाई फर्काउन हुदैन जे जस्तै भएपनि सहेर बस्न पर्छ भन्ने हाम्रो समाज घरेलु हिंसाको शिकार बन्छिन।

प्राकृतिक कानुनअनुसार बलियोले निर्धोमाथि आफ्नो बल देखाउँछ । समाज परिवर्तनसँगै अपराधको तौरतरिका फरक हुन्छ । अपराधीले जुनै समाजमा पनि कमजोरसँग पौठेजोरी खोज्छन् । अपराध कानुनका विज्ञहरू भन्छन्, “हाम्रो समाजले महिलाको परिकल्पना साधारण र नरमको रूपमा हेरेको छ । त्यहीअनुरुपको हुर्काइले उनीहरू प्रतिवाद गरिहाल्दैनन्, जसले अपराधीको मनोबल बढेको छ ।”

हिसामा परेका महिलाहरूले प्रतिष्ठामा असर पर्ला भनेर रिपोर्ट गर्दैनन् । परिवार वा अन्य व्यक्तिबाट पीडितले फेरि हिंसाको सिकार बन्नुपर्ने हुन्छ । अपराधशास्त्रीहरूका अनुसार अपराधमा लाग्ने समूह समाजमा जहिले पनि हुन्छ । त्यो समूह केबाट बढी प्रभावित हुन्छ, व्यक्तिसँग अन्तरसंवादभन्दा भर्चुअल संसारमा रमाउँछन् ।

आफ्नै सोचाइलाई मात्र महत्त्व दिइरहँदा अपराध बढेका हुन् ।” हामीकहाँ जस्तो किसिमको वैवाहिक परम्परा छ, त्यसले पनि महिला हिंसालाई प्रश्रय दिएको छ।

महिलाले विवाह भएर पुरुषको घरमा जानुपर्छ, त्यहाँको भिन्न वातावरण, व्यवहार र संस्कारसँग समाहित हुनुपर्छ, यसमा पनि महिलाले विभिन्न विभेद र हिंसा खेप्नुपर्छ। महिलाहरुलाई एउटा सीमित क्षेत्रभित्र राखी उनीहरुका इच्छा, चाहना, विचार अपमान गरिनु नै महिला हिंसामा परेका छन्। महिलाहरूले पनि आफूलाई सधैँ कमजोर ठान्नु हुदैन् । समयअनुसार आइपरेका चुनौती स्वीकार्दै त्यहीअनुरुप आफूलाई तयार पार्नुपर्छ ।

 

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्