१३ वर्षीया बालिकाले टिकटकमा ‘फायर च्यालेन्ज’ गर्न खोज्दा आगो लागेपछि…!
अहिलेको बर्तमान समयमा बच्चादेखि बृद्ध सम्मको रोजाइमा पर्न सफल भएको छ । अहिले टिकटकमा भिडियो बनाउदाँ खेरी धेरै जना दुर्घटनामा परेका छन् ।
टिकटकमै भिडियो बनाउनकै लागि कोहि पुलबाट हाम फाल्दा आफ्नो ज्यान समेत गुमाउन पुगका छन् भने कोही भुण्डिएर आफ्नो प्राण त्याग गरेका छन् ।
त्यस्तै घटना अमेरिकामा पनि भएको छ । अमेरिकाको ओरेगनस्थित एक १३ वर्षीया बालिका टिकटकमा फायर च्यालेन्जभिडियो बनाउन खोज्दा जलेकी छिन् ।
डेस्टिनी क्रेन नामकी यी बालिकालाई अहिले आईसियुमा लगिएको छ ।उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ । आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् ।
त्यहीक्रममा आगलागीमा परिन् ।डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।’
आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ ।
‘बाथरुममा बिर्को लगाइएको अल्कोहलको बोतल, तथा लाइटर र भाँचिएको मैन भेटिएको छ,’ आद्रियाले भनिन्, ‘त्यसलाई देखेर हामी यस्तो निष्कर्षमा पुग्यौं ।’
पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो । अनुसन्धान जारी रहेको टोलीले जनाएको छ । फायर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जोखिममा पारेको छ ।
आगो लागेको सेकेन्डभरमै छाला जल्ने भएकाले आगोसँग नखेल्न पनि उनले सबैलाई आग्रह गरेका छन् । एजेन्सी