शाहरुखको ‘पठान’ फिल्मको छायाँकन ६० प्रतिशत सकियो, बाँकी युरोपमा छायाँकन गरिने
भारता यतिबेला कोरोना भाइरसको दोस्रोलहरबाट चपेटामा परेको छ । कोरोना कहरका कारण सम्पूर्ण कार्यमा असर परी रहेको छ ।
सो अवस्थामा भारतीय अभिनेता शाहरुख खानको ‘कमब्याक’ फिल्म ‘पठान’को घोषणा गत बर्ष लकडाउनको समय भएको थियो । अहिले ६० प्रतिशत छायाँकन समेत सकिएको फिल्मका निर्देशक सिद्धार्थ आन्नदले बताएका छन् ।
सलमान खानको समय विशेष अभिनय रहने फिल्मको ४० प्रतिशत सुटिङ बाँकी रहेको छ । जुन युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ ।
छायाँकन हुने देशको नाम भने अहिले बाहिर ल्याइएको छैन । यस फिल्ममा आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् ।