Logo
१८ बैशाख २०८१, मंगलबार
(October 22, 2014)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतको हाउसमेड सेल्टरबाट आखिर किन भाग्छन् नेपाली महिला ?

खाडीमा घरेलु महिला कामदार (हाउसमेड) उद्धारका लागि भन्दै नेपाली दुताबासको आश्रयमा पुग्छन् । तर, कुबेतमा भने ठीक उल्टो हुन थालेको छ । हाउसमेडहरु भने दुताबासले राखिदिएको सेल्टर छाडेर हिड्न थालेका छन् । कारण हो, दुताबास हाउसमेडलाई समयमा उद्धार गरेर स्वदेश पठाउन नसक्नु ।

असोज २८ तारिख पनि सेल्टरमा रहेका मध्ये २७ नेपाली महिलाहरु सेल्टर छाडेर हिडे । यसअघि पनि २६ जना सेल्टर छाडेर हिडे । ‘कुवेतमा दुई पैसा कमाउन आएको हो । महिनौ बितिसक्दा पनि हामीले न त साहुको घरमा काम गरे बापत पाउनु पर्ने पारिश्रमिक पाइयो न त नेपाल जान,’ ४४ वर्षीय एक महिलाले भनिन, ‘कति दिनसम्म बन्द घरमा बस्ने ?’ उनीहरु सेल्टर तोडेर नेपाली दुताबासको पार्किङ गएर रातभरी बसेका थिए । निस्कनेहरु प्राय अधिकांस एकमहिनाअघि कुबेतमा आइपुगेका थिए ।

दुताबासले कुबेतको कानुनी जटिलता देखाउदै समयमा उद्धार गर्न असम्भब रहेको जनाएको छ । कार्यबाहक राजदुत बिशाल भट्टराईका अनुसार १४ महिनासम्म सेल्टरमा बस्दा पनि महिलाहरु उद्धार गरेर स्वदेश पठाउन दुताबासलाई मुस्किल परेको छ । ‘पीडित महिलालाई समयमा उद्धार गरेर र्फकन नसक्नुको परिणाम नै सेल्टर तोडेर बाहिर निस्किएका हुन्’, भट्टराईले  भने,’हामीले तुरन्तै उद्धार गरेर फर्काउन सकिन्दैन् । उद्धार गर्ने एउटा प्रक्रिया छ । त्यसको लागि समय कुर्नको बिकल्प अरु छैन् ।’

सेल्टरबाट बाहिर निस्केकाहरु गैरकानुनी हैसियतमा काम गर्न फर्केका छन् । केही महिला उद्धारको लागि प्रहरीकोमा गएपनि उनीहरुलाई दुताबासमै ल्याएर छोडिदिएका छन् । ‘हामी नेपाल जान चाहन्छौ । जेलमा हालेर नेपाल पठाई देऊ भन्दा पनि पुलिसले दूताबस अगाडि ल्याएर छोडिदियो’, एक महिलाले भनिन । दुताबासको पार्किङमा ती मध्ये ७ जना महिला बसिरहेका छन् ।

पछिल्लो समयमा कुबेतमा हाउसमेड आउन रोक लगाएपछि दलालहरुले महिलाहरुलाई सेल्टरबाट निस्कन दवाव दिन थालेका छन् । उनीहरु मध्ये धेरै जसो आफ्नो दलाल आएर लिएर गएका थिए । दुताबासले सञ्चालन गरेको सेल्टरमा यतिखेर २ सय महिलाहरु रहेका छन् । सेल्टरको व्यवस्थापन, कानूनी अधिकार लगायत, उद्धार गरि नेपालसम्म पठाउने सर्तमा अलहुकुक कम्पनीसंग दूताबासको सम्झौता छ ।

घरेलु महिला कामदार कुवेत आउनु पहिला अल हुकुक कम्पनीमा प्रत्येक ब्याक्ति बराबार ३५ केडी अल हुकुक कम्पनीमा बुझाउनु पर्छ । अरबौ रुपौयाँ अल हुकुक कम्पनीलाई बुझाई सके पनि महिलालाई दिनु पर्ने सेवा सुबिधा र कानुनी हक अधिकार नदिलाएको ब्याबसायीको भनाई छ । – कान्तिपुरबाट साभार

भिडियो तल राखिएको छ, हेर्नुहोस !

प्रकाशित मिति: Oct 22, 2014

प्रतिक्रिया दिनुहोस्