Logo
१८ बैशाख २०८१, मंगलबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

DIG सिलवाललाई कारबाही तयारी: हेडक्वार्टरले सोध्यो स्पष्टिकरण

काठमाडौँ , बैशाख ६ । प्रहरीको नियम र चेन अफ कमान्ड उल्लङ्न गरेकोमा भन्दै डिआइजी नवराज सिलवाललाई कारवाही तयारी सुरु भएको छ । प्रहरी प्रधान कार्यलय श्रोतका अनुसार तत्काल स्पष्टिकरणका लागि पत्र काटिए हो, चित्तबुझदो जवाफ नआए कारवाही गरिने छ ।

श्रोतले भने ‘डिआइजी सिलवाललाई प्रहरी नियम उल्लङघन गरेकोमा कारबाही किन हुनु नपर्ने भन्दै स्पष्टिकरणको लागि प्रहरी प्रधान कार्यालय, नक्सालले पत्र काटेको हो ।’

नेपाल प्रहरीको महानिरीक्षक भएर कार्यभार सम्हालेपछि प्रकाश अर्यालले चैत २९ गते बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा सहभागी नभएर प्रहरीको नियम र चेन अफ कमान्ड उल्लङ्न गरेकोमा स्पष्टिकरणका लागि पत्र काटिएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गएको चैत ३१ गतेको मितिमा सिलवाललाई पत्र काटिएको हो, मंगलबारसम्म उचित स्पष्टिकरणसहित जवाफ दिन सिलवाललाई पत्रमार्फत् भनिएको छ । कार्यभार सम्हाल्दा र बैठकमा समेत नआएकाले चित्तबुझ्दो जवाफ नआए कारबाही हुने समेत पत्रमा उल्लेख छ ।

तर सिलवालले आफू बिरामी भएको भन्दै पत्र बुझ्न नमानेको प्रहरी प्रधान कार्यलयका एक प्रहरी अधिकृतले बताएका छन । सिलवालले पत्र नबुझेपछि उनी कार्यरत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्र बुझाइएको थियो । श्रोतले भने ‘उनले बुधबारसम्म स्पष्टिकरण बुझाइसकेका छैनन् ।’

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्