नेपाली बजारमा आउँदै छ अब तीन पांग्रे इलेक्ट्रिक स्कुटर आईट्यांक !
नेपाली बजारमा तीन पांग्रे इलेक्ट्रिक आईट्यांक स्कुटर उपलब्ध हुने भएको छ ।
दुई पांग्रे इलेक्ट्रिक सवारी साधन धमाधम नेपाली बजारमा उपलब्ध भइरहेको समयमा अब दुहान कम्पनीको विश्वकै पहिलो स्मार्ट ई-स्कुटर बताइएको आईट्यांक नेपाली बजारमा उपलब्ध हुने भएको हो ।
नेपाली बजारमा क्यालिबर अटोले सो ई-स्कुटर बिक्रीका लागि उपलब्ध गराउने तयारी गरेको बताएको छ ।सो स्कुटरमा प्याटेन्टेड ड्युअल फ्रन्ट ह्विल टेक्नोलोजीको प्रयोग गरिएको छ । त्यसैगरी यसमा बोस कम्पनीको १८५२ वाट मोटर प्रयोग गरिएको छ ।
लामो दुरीको यात्रामा समेत सहजता प्रदान गर्ने लिथियम आयोन ब्याट्री उपलब्ध सो ई-स्कुटर ढल्किदा समेत केही असर नपर्ने तरिकाले मिलाइएको छ ।
आईट्यांक बाहेक दुहानका आईट्यांगो, युरेनस र ईस्वान गरी अन्य तीन मोडल समेत नेपाली बजारमा उपलब्ध हुने छन् । यी अन्य स्कुटर भने दुई पांग्रे सामान्य स्कुटर हुन् ।
काठमाडौंको ज्ञानेश्वरमा हाल पहिलो सोरुम खोल्ने तयारी भइरहेको र स्थिति सामान्य रहेमा आगामी १५ दिन भित्रै यी स्कुटर बजारमा उपलब्ध हुने क्यालिबर अटोका म्यानेजिङ डाइरेक्टर निमेष अग्रवालले जानकारी दिए ।
चाइनिज कम्पनी दुहानका यी स्कुटरको मूल्य र अन्य विशेषताका वारेमा भने आगामी दिनमा थप जानकारी उपलब्ध गराइने कम्पनीको भनाइ छ । नेपाल अटो