Logo
१२ जेष्ठ २०८२, आईतबार
(April 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक फोरमको प्रस्तावित विधान मस्यौदा तयार, पार्टीको नयाँ नाम यस्तो छ !

काठमाण्डौ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रस्ताविक संसोधित बिधानको मस्यौदा तयार भएको छ । उक्त मस्यौदामा फोरम लोकतन्त्रिकको नाम परिर्वतन गर्ने प्रस्ताव बनाएको छ भने हाललाई “लोकतान्त्रिक फोरम” भन्ने प्रस्ताव गरिएको छ । 
बिराटनगरमा यहि बैसाख २०, २१, र २२ गते सम्म हुन लागिएको महाधिवेशनका लागि उक्त प्रस्ताव तयार पारिएको हो । केन्द्रिय एक नेता समेत रहेका संसोधित बिधानका एक मस्योदाकारका अनुसार मोरंगमा हुनगईरहेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयार पारिएको उक्त प्रस्तावमा पार्टीको नाम परिवर्तन गर्दे पहिले देश त्यसपछि मधेशको परिकल्पा गरिएको छ । उनका अनुसार पार्टीको नयाँ के राख्ने त रु त्यो भन्ने उल्लेख गरिएको छैन भने उक्त स्थानमा खाली राखिएको र बन्द सत्रबाट आउने नामहरु मध्ये कुनै एक नामलाई पास गरिने छ ।  
तर हाललाई पार्टीको नाम “फोरम लोकतान्त्रिक” भनिएको छ । फोरम लोकतानित्रकले महाधिवेशनका लागि तयार परिएको गितमा भने ‘लोकतान्त्रिक फोरमको मान्यता, शान्ति बिकास र स्थरिता’ भनिएको छ । फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय, सुबिधानगर, तिनकुने, स्थित मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) को विधान मस्यौदा समितिका संयोजक एवम राष्ट्रिय उपाध्यक्ष दानबहादुर चौधरीले समितिको तर्फबाट उक्त प्रताव  अध्यक्ष  बिजयकुमार गछदरलाई हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति: Apr 26, 2016

प्रतिक्रिया दिनुहोस्