कोरोनाको चपेटामा सुर्यवंशी, राधे फिल्म, जुलाई पछि रिलिज हुने
पछिल्लो समयमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण एकदमै फैलिरहेको छ । भारतमा कोरोना दोस्रो लहर सुरु भएसँगै पछिल्लो एक महिनामा बढी संक्रमित फैलिरहेका छन् ।
पछिल्लो समयमा एकैदिन १ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन् । अहिले भारतमा कोरोनाको असर मनोरन्जनमा क्षेत्रमा पनि परेको छ ।
अक्ष कुमारको ‘सुर्यवंशी’ फिल्म ३० अप्रिलमा रिलिज मिति तोकिएको थियो । तर अब भने सो मितिमा रिलिज नहुने भएको छ । त्यसैगरी,कंगना रनौटको फिल्म ‘थलाइवी’ को रिलिज मिति पछि सर्ने भएको छ ।
जुनमा रिलिज मिति तोकेको रणवीर सिंहको ८३ र रणवीर कपुरको शमशेरा पनि घोषणा गरिएको मितिमा रिलिज नहुने भएको जनाइएको छ ।
त्यसैगरी सलमान खानको फिल्म ‘राधे’ पनि तोकिएको मितिमा रिलिज नहुने निर्माण पक्षले जनाएको छ । निर्माताहरुले फिल्म तत्काल रिलिज नहुने र जुलाई पछि मात्र रिलिज हुने बताएका हुन् । एजेन्सी