Logo
१८ बैशाख २०८१, मंगलबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन भएका छन् । उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। शनिबार महाधिवेशन सुरू भएको थियो।

अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए।

पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।

उनले एक हजार पाँच सय ७३ मत ल्याएका छन्।महासचिव सिंहले दिएको जानकारी अनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो।

२३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिला  अटाएका छन्। केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।

हेर्नुहोस् मत परिणाम :-

 

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्