Logo
२४ बैशाख २०८१, सोमबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दियामा नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई सदर चिडियाखानामा राखियो

बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई बाघ जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।

निकुञ्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान काठमाडौंमा ल्याइएको थियो । उक्त बाघलाई चिडियाखानामा राखिएको हो ।

यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो ।घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३४ वर्षीय माहुते पुलिसराम थारूकोको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको हो।

 

 

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्