देशभरका पीडितलाई सरकारी सहयोग
काठमाडौं । सरकारले आगलागी पीडितलाई घर बनाउन जस्तापाता वितरण गर्ने भएको छ ।
बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत मंसिर १ गतेदेखि जेठ मसान्तसम्म आगलागीबाट पूर्ण रूपमा घर क्षति भएकाको परिवारलाई २६ गेजका २ बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराइने जस्ता पाताका लागि तत्काल अर्थमन्त्रालयबाट बजेट निकासा गरेर गृहमन्त्रालयलाई दिने निर्णय पनि गरेको छ ।
आगलागीबाट हालसम्म १ हजार ४ सय २ घर पूर्ण रूपमा नष्ट भएको सरकारी तथ्याङ्क छ ।