Logo
१८ बैशाख २०८१, मंगलबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी : प्रदेशप्रमुख राजेश अहिराज

नवनियुक्त प्रदेश नं २ का प्रदेशप्रमुख डा.राजेश झा ‘अहिराज’ले नागरिकको सुरक्षा नै आफ्नो पहिलो जिम्मेवारी भएको बताएका छन् ।

अहिराजले आज बिहान जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जंगलमा सडकमा दुर्घटनामा परि छ्टपटाइ रहेका ४ जनालाई हेर्ने बितिकै आफ्नो गाडी रोकि घाइतेलाई गाडीमा राखेर आफ्नो १ सुरक्षा कर्मीसहित चपुरको अस्पतालमा पठाएका छन् ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

अहिराजले  नागगरिकको जीवन रक्षाभन्दा ठूलो कुनै कार्यक्रम नहुने बताएका छन् ।

 

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्